शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि,

सहकारी एक परिचय

शिक्षक समुदायमा देखिएका आर्थिक समस्याहरूलाई समाधान गर्ने उद्देश्यका साथ नेपाल राष्ट्रिय शिक्षक सब्गठन जिल्ला समिति ललितपुरको बैठकले २०६५ साल भाद्र महिनामा शिक्षकहरूको एउटा सहकारी सस्था गठन गर्ने निर्णय ग¥यो । शिक्षक समुदायका बिच आपसी सहयोग, समन्वय र सामुहिक हितका साथै शिक्षक समुदायको बित्तीय आवश्यकता पूरा गर्न ललितपुर जिल्लामा शिक्षक हित बचत तथा ऋण सहकारी सस्थाको नामले देशभरमा पहिलो सहकारी संस्था वि.स. २०६५ मंसिर ५ मा स्थापना भई औपचारिक कारोबार सुरु गरेको हो ।

स्थापना कालमा प्रभात माध्यमिक विद्यालयको एउटा कोठामा कार्यालय स्थापना गरी सस्थाको औपचारिक कारोबार सुरु भएको थियो । सहकारी स्थापना पश्चात् नेपाल राष्ट्रिय शिक्षक सब्गठन केन्द्रीय समितिको समन्वयमा अन्य जिल्लाहरूमा पनि सहकारीहरू स्थापना भई सहकारीको सञ्जाल निर्माण भएको छ । “शिक्षक हित साकोस” सहकारी सिद्धान्त अनुसार सदस्यहरूलाई आपूmले आर्जन गरेको आयबाट नियमित रूपले बचत गर्न बानी बसाल्न उत्पे्ररित गरी सब्कलन भएको बचत रकमबाट आवश्यकता भएका सदस्यहरूलाई सिपमूलक आयआर्जन कार्यव्रmम लगायतका आर्थिक सब्कट टार्न उचित ब्याजदरमा ऋण लगानी गरी सदस्यहरूको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्ने उद्देश्य राखी “आपसी सहयोग सद्भाव साथै शिक्षक हितका लागि सहकारी” भन्ने नारालाई मूल मन्त्र मानी स्थापना भएको एक बचत तथा ऋण सहकारी संस्था हो ।
“शिक्षक हित साकोस” ललितपुरले हाल ललितपुर महानगरपालिक–१७ स्थित नेपाल राष्ट्रिय शिक्षक सब्गठन ललितपुरको भवनमा रहेको आफ्नै कार्यालयबाट आफ्ना सेयर सदस्य बिच कारोबार गर्दै आएको छ ।

शिक्षक समुदायमा छरिएको पुँजीलाई एकीकृत गरी आफ्ना सदस्यहरूलाई समृद्ध र आत्मनिर्भर भई बित्तीय र शैक्षिक क्षेत्रमा सक्षम बनाउने उद्देश्यले यो सस्था स्थापना गरिएको हो । यस सस्था शिक्षकहरूको मात्र सहकारी भएकोले सदस्यहरूबाट मासिक बचत संग्कलन गरी शिक्षकहरूलाई नै जग्गा खरिद, घर निर्माण, शैक्षिक क्षेत्रमा लगानी, उत्पादनमूलक कार्यहरूमा ऋण लगानी गरी आर्थिक रूपमा सक्षम बनाउने कार्य गर्दै आइरहेको छ।

यस सस्थामा हाल १९०० भन्दा बढी सेयर सदस्यहरू रहेका छन् । यो सस्थाले सदस्यहरूको आवश्यकता र औचित्यताको आधारमा बचत र ऋण कारोबारहरू सञ्चालन गर्दै आइरहेको छ । यो संस्थाले गरेको नियमित कारोबारको आधारमा आ व २०७८÷७९ मा ललितपुर जिल्ला बचत सब्घबाट उत्कृष्ट व्यवसायिक पुरस्कारबाट पुरस्कृत भएको छ ।
आगामी दिनहरूमा प्रविधिमा आएको परिवर्तनलाई आत्मसाथ गर्दै संस्थालाई प्रविधि मैत्री वित्तीय सेवा प्रदान गर्न सस्था प्रतिवद्ध छ ।

आर्थिक पारदर्शिता, सुशासन र सदस्यहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने कार्यमा संस्था कटिवद्ध रहेको छ । सस्थाको सञ्चालक समिति, विभिन्न उपसमितिहरू र कार्यरत कर्मचारीहरू सदस्यहरूप्रति पूर्ण जवाफदेही रही सदस्यहरूको हितको कार्यमा सदैव लागिपर्नु संस्थाको प्रमुख विशेषता रहेको छ ।
संस्था दर्ता भएको निकाय र मिति ः डिभिजन सहकारी कार्यालय, ललितपुर, २०६५ साल मंसिर ५
कारोबार सुरू गरेको मिति ः २०६५ साल माघ १ बाट
मूलनारा ः “आपसी सहयोग सद्भाव साथै शिक्षक हितका लागि सहकारी”

सम्पर्क

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि

ललितपुर महानगरपालिका–१७, त्यागल, ललितपुर
फोन नं. ०१–५००७६९५

Email : shishakhitsaccos@gmail.com