- स्वास्थ्य उपचार सहयोग खर्च : संस्थाको नियमित कार्यक्रम अन्र्तगत सेयर सदस्यहरूलाई ठूलो प्रकृतिको रोग लाग्दा (नेपाल सरकारले तोकिएको रोग मृगौला, मुटुरोग र क्यान्सर रोग) स्वास्थ्य उपचार गर्नको लागि सहयोग प्रदान गरिँदै आएको छ ।
- सुत्केरी खर्च : संस्थाले महिला सेयर सदस्यहरू सुत्केरी हँुदा सहयोग गर्ने उद्देश्यले दुई सन्तानसम्मलाई सुत्केरी खर्च उपलब्ध गरिनुको साथै उक्त बच्चाको निःशुल्क बालबचत खाता खोलिदिने गरेको छ ।
- काज किरिया सहयोग : संस्थाले सेयर सदस्य वा सेयर सदस्यको परिवारको मृत्यु भएमा काज किरिया गर्नका निम्ति आर्थिक सहयोग स्वरूप – सेयर सदस्यको मृत्यु भएमा १०,००० र परिवारको सदस्यको मृत्यु भएमा ५,००० प्रदान गर्दै आएकोछ । (यो व्यवस्था विनियमावलीमा भए अनुसार हुने)
- शुद्ध पिउने पानीको व्यवस्था : SEE परीक्षाको उत्तर पुस्तिका परीक्षण स्थल र उपत्यका स्तरमा सञ्चालित विभिन्न शैक्षिक आन्दोलनहरूमा शुद्ध पिउने पानीको व्यवस्था